गत २४ घण्टामा नेपालभर थपिए यति धेरै नयाँ कोरोना सं’क्रमित




काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । गत २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार ६७ जना पुगेको छ । यस्तै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म १८ हजार ८ सय ८४ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ सय २९ जना रहेका छन् ।

गएको २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना सं’क्रमणबाट मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *