सार्वजनिक बसमा यी साधारण व्यक्तिको साथमा ४० लाख अवैध नगद, कसले भरिया बनायो ?

सार्वजनिक बसमा यी साधारण व्यक्तिको साथमा ४० लाख अवैध नगद, कसले भरिया बनायो ?


काठमाडौं । थानकोट प्रहरीले स्रोत नखुलेको ठुलो रकम सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले आज बिहान ५ बजे एकजनालाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेकप्वाईन्टबाट स्रोत नखुलेको रकम लिएर हिड्ने एक जना समातिएका हुन् । पक्राउ पर्ने व्यक्ति पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता रहेका छन् ।

उनी बुटवलबाट काठमाडौंतर्फ आउदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रु बाहक बसमा सवार भएर आएका थिए । गुप्ताले कालो झोलामा र कम्मर पेटीमा लुकाई छिपाई ल्याएको नगद ४०,००,००० अर्थात ४० लाख रुपैंयाँ फेला पारिएको प्रहरीले जनाएको छ ।गुप्ताले उक्त रकमको स्रोत खुलाउन नसकेकोले पक्राउ गरिएको हो । यस सम्वन्धमा थप अनुसन्धानको लागि सम्वन्धित निकायमा पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *