चिकित्सकको लाप’रबाहीले सुत्केरीको मृ’त्यु भएपछि अस्पतालमा हंगा’मा





काठमाडौं । चिकित्सकको लापर’बाहीले सुत्केरीको मृ’त्यु भएको छ । लहानमा चिकित्सक लापर’बाही गरेको भन्दै आफन्त वि’रोध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले अस्पतालमा हंगामा गरेका हुन् । प्रसूति गराउन शनिबार दिउँसो लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल लगिएकी सुखीपुर नगरपालिका–९ बैसाखाकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा राति मृ’त्यु भएको थियो ।

घट’नापछि अस्पताल सञ्चालक, कर्मचारी र चिकित्सकहरू बेपत्ता भएको महिलाका आफन्तले बताएका छन् । साहको मृ’त्युपछि उनीहरूले रातिदेखि नै प्रदर्शन गरिरहेका छन् । पति प्रमोद साहका अनुसार डाक्टरले लापरबाही गरेकै कारण उनको पत्नीको मृ’त्यु भएको हो । लापर’बाही गर्ने चिकित्सकमाथि कारबाही गर्नुपर्ने उनको माग छ ।

आक्रो’शित स्थानीयले आइतबार बिहान ८ देखि १० बजेसम्म पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित अस्पताल चौक खण्डमा यातायातसमेत अवरुद्ध गरेका थिए । स्थानीय प्रशासनले अस्पतालअगाडि सुरक्षाकर्मी तैनाथ गरेको छ । नवजात शिशु भने सकुशल छन् । उनलाई त्यहाँबाट सप्तऋषि अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *