दु:खद खबर कार र टिपर ठो’क्किँदा एक जनाको मृ’त्यु तीन जना घा’इते





काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठो’क्किएर दुर्घ’टना हुँदा सल्यानटारका दीपेश केसीको ज्या’न गएको छ ।

मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठो’किँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय केसीको मृ’त्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले दुर्घ’टनामा तीन जना घा’इते जानकारी दिए । दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौं कलङ्की निवासी सुधीर सुवेदी ग’म्भीर घाइते भएका छन् । एक जनाको सामान्यावस्था छ । घा’इतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *