दु:खद खबर कुर्सीबाट ल’डेर गाविस अध्यक्षको मृ’त्यु





तुलसीपुर । दाङमा कुर्सीबाट ल’डेर पूर्वगाविस अध्यक्षको मृ’त्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट ल’डेर ग’म्भीर घा’इते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृ’त्यु भएको हो ।

कुर्सीबाट लडेर टाउकोमा ग’म्भीर चो’ट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृ’त्यु भएको हो । उनको टाउकोमा आन्तरिक रक्तस्राव भएको थियो । भण्डारी विगत लामो समयदेखि अस्वस्थ रहँदै आएको तुलसीपुर–११ का वडा सदस्य सुवास डाँगीले बताए ।

file photo
भण्डारी साविक उरहरी गाविसको अध्यक्ष हुनुका साथै उरहरी गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए । उनले करिब दुई दशक सत्तामा रहेर काम गरेको डाँगीले बताउनुभयो । साथै उहाँले नेपाली कांग्रेसको तत्कालीन दाङ क्षेत्र नं ४ को सभापति, अमर मावि उरहरीका पूर्वअध्यक्ष भएरसमेत काम गरेका छन् । उनका चार छोरा छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *